वीरगञ्ज । इलेक्ट्रिक सवारीसाधन (ईभी) वितरणको क्षेत्रको अग्रणी नाम सीजी मोटर्सले नेपालमा आफ्नो उपस्थितिलाई विस्तार गर्दै मधेश प्रदेशलाई केन्द्रित गर्दै वीरगञ्जमा अत्याधुनिक ब्रान्डहरूको विविध श्रृंखला लञ्च गरेको छ ।
कम्पनीले यस क्षेत्रमा मिनोल्टा इन्भेस्टमेन्ट प्रालिलाई आधिकारिक च्यानल पार्टनरको रूपमा नियुक्त गर्दै नेपालको अटोमोबाइल क्षेत्रलाई रूपान्तरण गर्न प्रतिबद्धता जनाएको छ ।
उद्घाटन कार्यक्रम वीरगञ्ज महानगरपालिकाका मेयर श्री राजेश मान सिंह, मिनोल्टा इन्भेस्टमेन्टका कार्यकारी निर्देशक राजेश अग्रवाल, सीजी मोटर्सका सीईओ/डाइरेक्टर हेमन्त अग्रवाल, सञ्चारकर्मी र अन्य विशिष्ट अतिथिहरूको उपस्थितिमा सम्पन्न भयो।
यो पहलले वीरगञ्जमा विश्वप्रसिद्ध ईभी ब्रान्डहरू जस्तै एभाटर , एक्सपेंग, नेटा, आयोन भी, आयोन बाई र रिडारा ल्याएको छ, जसले उन्नत र पर्यावरणमैत्री गतिशीलता समाधान प्रदान गर्नेछ।
कुन गाडी कस्तो ?
एक्सपेंग जी६: पाँचतारे एनसीएपी सुरक्षा रेटिङ, स्वचालित ड्राइभिङ प्रविधि, १९० किलोवाट मोटर, ४४० एनएम टर्क र ४३५ किलोमिटर रेन्ज।
आयोन वाई: १०० किलोवाट मोटर, २२५ एनएम टर्क र ६१.४ किलोवाटआवर लिथियम आइरन म्यागजिन ब्याट्रीसहित ५००+ किलोमिटर एनईडीसी रेन्ज।
आयोन भी: एलीट र लक्जरी भेरियन्टमा उपलब्ध, क्रमशः ५२० किलोमिटर र ६५० किलोमिटरको उत्कृष्ट रेन्ज। लक्जरी भेरियन्टमा चालक र अगाडिको यात्रुको लागि आठ-पोइन्ट मसाज सिट र इन-बिल्ट फ्रिज उपलब्ध छ।
एभाटर ११: चांगान, हुवावे र सीएटीएलको सहकार्यमा विकसित यो प्रिमियम ईभी १९० किलोवाट मोटर, स्न्यापड्रागन ८१५५ प्रोसेसर, २१-इन्च अलोय पाङ्ग्रा, सफ्ट-क्लोज ढोका, पाँच-तरिकाको मसाज, १२-तरिकामा समायोज्य सिट र डुअल ब्लुटुथ कनेक्टिभिटीसहित तीनवटा उच्च-प्रविधिको स्क्रिनले सुसज्जित छ।
रिडारा आरडी ६: अफ-रोड र सम्पूर्ण भू-भागका लागि डिजाइन गरिएको यो मोडलमा २२५ मिमी ग्राउन्ड क्लियरेन्स, ३७७ किलोमिटर रेन्ज, ३८४ एनएम टर्क, भी२एल क्षमता, अटोम्याटिक द्वि-जोन एयर कन्डिसनिङ र छ-तरिकामा समायोज्य सिट सुविधा समावेश छन्।
नेटा एक्स: १८५ मिमी ग्राउन्ड क्लियरेन्स, ५०० किलोमिटर रेन्ज, भी२एल सुविधा, १५.६ इन्च टचस्क्रिन र छ वटा एयरब्यागसहितको मोडल। यसमा २७७० मिमी ह्वीलबेसले उत्कृष्ट आराम प्रदान गर्दछ भने वायरलेस फोन चार्जिङ, पावर टेलगेट र एडीएएस जस्ता स्मार्ट सुविधाहरू थपिएको छ।
ग्राहकहरूको सुविधा बढाउन, सीजी मोटर्सले सीजी केयर्स सर्भिस एप पनि प्रस्तुत गरेको छ, जसले +९७७ ९७०७०९४२०७ हटलाइनमार्फत २४/७ सडक सहायताको सेवा दिन्छ। नेपालभरका २१ भन्दा बढी सेवा तथा स्पेयर पार्ट्स केन्द्र र २३० भन्दा बढी चार्जिङ स्टेसनहरूको पहुँचको साथ, वीरगञ्ज-मधेश प्रदेशका ग्राहकहरूले अब सीजी केयर सुविधाबाट विशेष सेवाहरू पाउँदै सहज मर्मतसम्भार र उत्कृष्ट ग्राहक अनुभव प्राप्त गर्न सक्नु हुनेछन्।