काठमाडौं । पुसमा मात्र ७१ करोड ३१ लाख रुपैयाँभन्दा बढीको ३६ लाख २६ हजारभन्दा बढी कित्ता अडलटमा धितोपत्र कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सार्वजनिक गरेको तथ्याङ्कलाई हेर्दा मंसिरको तुलनामा पुसमा अडलट कारोबार रकम ४४ करोड ५४ लाख रुपैयाँभन्दा बढीले वृद्धि भएको छ ।
मंसिरमा २६ करोड ७६ लाख रुपैयाँभन्दा बढीको ३६ लाख ८६ हजारभन्दा बढी कित्ता धितोपत्र अडलटमा कारोबार भएको तथ्याङ्क नेप्सेले सार्वजनिक गरेको छ । अडलट कारोबार कित्ता भने मंसिरको तुलनामा पुसमा ३२ लाख ५७ हजारभन्दा बढीले वृद्धि भएको हो ।
लगानीकर्तालाई सहजता प्रदान गर्न दैनिकरूपमा धितोपत्र बजारमा अडलट कारोबार गर्ने व्यवस्था भए पनि कारोबारमा भने सहजता नभएको गुनासो गर्दै आएको पाइन्छ । विशेष गरी बोनस शेयर वितरण गर्दा अडलटमा धितोपत्र कायम हुने र त्यसलाई विक्री गर्न सहज नभएको लगानीकर्ताहरूले गुनासो गर्दै आएका छन् ।