एलआइसी नेपालको करिब ५ लाख कित्ता शेयर लिलामी बिक्री खुला

काठमाडौं । लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालले सोमबार देखि ४ लाख ९२ हजार ५७७ कित्ता शेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण समूहको उक्त शेयर  लिलाममा बिक्री खुला गरेको हो । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।

यसमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद फागुन ५ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ ।

यसअघि कम्पनीले मंसिर १२ गतेदेखि पुस १७ गतेसम्म २ करोड ३४ लाख ६८ हजार २२०.२२ कित्ता हकप्रद शेयर  बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी शेयर  कम्पनीले अब लिलामीमा ल्याउन लागेको हो ।

यसमा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ कार्यालय लेखनाथमार्ग ठमेल काठमाडौं तथा एलआइसी नेपालका बिराटनगर, विरगञ्ज, काठमाडौं, पोखरा, नेपालगञ्ज, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सकिनेछ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार