काठमाडौं । नेपाल वायरहाउजिङ्ग कम्पनीले कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार शर्मालाई नियुक्त गरेको छ । कम्पनीले श्रम तथा व्यवस्थापन सुरक्षा विभागको श्रम इजाजत अनुसार शर्मालाई आगामी एक वर्षका लागि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको हो ।
कम्पनीको सञ्चालन समितिको ६९ औं बैठकले उनलाई नियुक्त गर्ने सर्वसम्मत निर्णय गरेको थियो । कम्पनीले शर्मालाई कार्यकारी प्रमुखमा नियुक्त गरेको विषय नेपाल स्टक एक्सचेञ्ज, नेपाल धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड र कम्पनी रजिष्ट्रारको कार्यालयलाई जानकारी गराएको छ ।