सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३० प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले शेयरधनीहरुलाई ३० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले ३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार ९०० रुपैयाँको ३० प्रतिशत अर्थात ८४ करोड १९ लाख ६४ हजार ९७० रुपैयाँ नगद लाभांशमा लाग्ने करसहित लाभांश प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित नगद लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार