शिखर इन्स्योरेन्सको साधारण सभा फागुन १३ गते

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले २० औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आगामी एजीएम फागुन १३ गते काठमाडौंको थापाथली स्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे गर्ने भएको छ ।

सभामा गत आवका लागि प्रस्तावित १० प्रतिशत बोनस शेयर, आर्थिक वर्ष सभामा २०८०र८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१र८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत एजेण्डा छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ ३० गतेदेखि फागुन १३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसर्थ, माघ २९ गतेसम्म कायम रहने शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार