जीवन विकास लघुवित्तको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको नाफा बढेको छ । लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दे सो अवधिमा २० करोड ५४ लाख खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा १५.५७ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १७ करोड ७७ लाख खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तले ९४ करोड ८१ लाख खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी २८.०४ प्रतिशत बढेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७४ करोड ४ लाख थियो ।

लघुवित्तको कुल सञ्चालन आम्दानी १२.०४ प्रतिशत र सञ्चालन मुनाफा १५.५७ प्रतिशत बढेको छ। लघुवित्तको वितरणयोग्य मुनाफा ७२ करोड ६४ लाख रहेको छ।

१ अर्ब ३४ करोड ७५ लाख चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २ अर्ब १३ करोड ८ लाख सञ्चित छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ११ अर्ब १८ करोड ९१ लाख निक्षेप संकलन गरी २५ अर्ब ५१ करोड ८१ लाख कर्जा लगानी गरेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ११ पैसा बढेर ३० रुपैयाँ ४९ पैसा पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४४।६० गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ २५८ रुपैयाँ ८० पैसा रहेको छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार