१४ अंकले घट्यो शेयर बजार, करिब ३ अर्बले कारोबार रकम घट्यो

काठमाडौं । लगातार दुई दिन बढेको शेयर बजार साताको तेस्रो दिन मंगलबार भने दोहोरो अंकले घटेको छ ।
मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १४.०८ अंकले घटेर २७१५.९१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २.४९ अंकले घटेर ४५७.१२ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.९५ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.७३ अंकले घटेको हो ।

मंगलबार ३१५ वटा कम्पनीको १ करोड ६९ लाख १७ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ८ अर्ब ९१ करोड ९६ लाख ९७ हजार पुगेको छ । जुन सोमबारको तुलनामा २ अर्ब ९५ करोड ६२ लाख ७० हजारले कम हो । सोमबार ३१९ वटा कम्पनीको २ कोड ३७ लाख ७० हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार पुगेको थियो ।

साथै मंगलबार बजार पुँजीकरण रकम ४५ खर्ब ६ अर्ब १० करोड ९२ लाख रह्यो ।

मंगलबार ७१ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १६२ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ९ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
मंगलबार २ वटा समूह परिसूचक बढ्दा बाँकी ११ वटा घटेको छ । जलविद्युत ६ र अन्य समूह २७ अंकले बढ्दा बैंकिङ ८, विकास बैं १५७, वित्त ४४, होटल र पर्यटन १२५, लगानी ०.५४, जीवन बीमा ३३, उत्पादन र प्रशोधन ८३, लघुवित्त ३४, म्युअुचल फण्ड ०.११, निर्जीवन बीमा ७६ र व्यपार २३ अंकले घटेको छ ।

मंगलबार सर्वाधिक कारोबार हुने कम्पनीहरुमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन उर्जा विकास कम्पनी, हिमालयन रिइन्स्योरेन्स र पिपुल्स हाइड्रोपावर कम्पनी रह्यो । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३० करोड ८७ लाख, नेपाल रिइन्स्योरेन्स कम्पनीको २६ करोड ८४ लाख, हिमालयन उर्जा विकास कम्पनीको २५ करोड ४० लाख, हिमालयन रिइन्स्योरेन्सको २१ करोड ४२ लाख र पिपुल्स हाइड्रोपावर कम्पनीको १९ करोड २ लाख बराबर करोबार भयो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार