काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ३ प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत प्रतिवेदन सार्वजनिक गर्दै सो अवधिमा १९ करोड ६१ लाख ३९ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३.३६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा १८ करोड ९७ लाख ४८ हजार नाफा कमाएको थियो ।
कम्पनीको आम्दानीमा सुधार भए सँगै नाफा बढेको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा कम्पनीको कुल आम्दानी ७ अर्ब रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको कुल आम्दानी ५ अर्ब ८६ करोड रहेको थियो ।
कम्पनीको कुल खर्चमा समेत वृद्धि भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा कम्पनीको कुल खर्च ६ अर्ब ६४ करोड रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको कुल खर्च ५ अर्ब ५४ करोड रहेको थियो । कम्पनीको प्रति शेयर आम्दानी भने घटेको छ । गत वर्ष कम्पनीको प्रति शेयर आम्दानी ८ रुपैयाँ ३५ पैसा रहेकोमा घटेर ७ रुपैयाँ ८३ पैसा रहेको छ । साथै कम्पनीको पीइ रेसिया ५६.७३, नेटवर्थ प्रति शेयर १२३ रुपैयाँ ४४ पैसा रहेको छ ।