आशा लघुवित्त  वित्तीय संस्थाको २,५९,७२३ कित्ता संस्थापक शेयर बिक्रिमा

काठमाडौं । आशा लघुवित्त  वित्तीय संस्थाको २,५९,७२३ कित्ता संस्थापक शेयर प्रति कित्ता शेयर न्युनतम ३००/- मा बिक्रिमा रहेको छ । संस्थाले यस अघि बिध्यमान संस्थापक शेयर धनीलाई सो शेयर खरिद गर्न ३५ दिनको समय सिमा राखेर सार्वजनिक  आव्हान गरकोमा तोकिएको समयभित्रमा आंसिक शेयर मात्र बिक्रि भएको जनाएको छ  ।

कम्पनीको शेयर खरिद गर्न इच्छुक कम्पनी / व्यक्तिहरुले नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड र Fit & Proper Test को व्यवस्थालाई परिपालना गरेको प्रमाणित हुने कागजात सहित सो शेयर खरिदको लागि आवेदन माग गरेको छ ।

शेयर खरिद गर्न चाहने इच्छुक खरिदकर्ताले आजको ७ दिन भित्र वित्तीय संस्थाको केन्द्रीय कार्यालय, बनेपा-१३, साँगा, काभ्रेपलाञ्चोकमा उक्त संस्थापक शेयर खरिदको लागि निवेदन पेश आवेदन पेश गर्नु पर्नेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार