आज ४ वटा संसदीय समितिको वैठक वस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत आज ४ संसदीय समितिको वैठक  आज एकैदिन वस्दैछ । आज वैठक वस्ने समितिहरुमा अर्थ समिति बिहान ११ बजे, कृषि,सहकारी तथा प्राकृतिक स्रोत समिति दिउँसो १२.३० बजे, विधायन व्यवस्थापन समिति दिउँसो १ बजे र संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको वैठक दिउँसो १ बजे बस्न लागेका हुन् ।

माघ १८ गते सुरु भएको संसदको हिउदे अधिबेशनको दोस्रो वैठक  भोलि माघ २४ गते दिउसो १ बजेलाई बोलाएइको छ । शुरुको दिनको संसदको वैठक संसदको चौथो ठुलो दल रास्वपाले बहिष्कार गरेको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार