पाथीभरा केबलकारका निर्माणमा पुर्याइएको अवरोधमा एफएनसीसीआई बागमती प्रदेशको आपत्ति

काठमाडौं । पाथीभरा केबलकारका निर्माणमा पुर्याइएको अवरोधमा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले आपत्ति जनाएको छ । नेपाली अर्थतन्त्र कोभिड महामारीलगायतका कारण संकटमा परेकोमा बल्ल लयमा फर्किने प्रयास गरिरहके अवस्थामा नेपाल सरकार र निजी क्षेत्र मिलेर पुरानैअवस्थाबाट नयाँ समृद्धिकोगन्तव्यतिर लाग्नु पर्ने अवस्थामा निजी क्षेत्रको लगानीमा बन्न लागिरहेको केबलकार निर्माणमा भईरहेको अवरोध प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

स्वदेश मै प्रशस्त रोजगारी सिर्जना गर्न नसकिएको कारण देशको युवा शक्ति रोजगारीकालागि बाहिरिने क्रम दिन प्रतिदिन बढ्दो छ । यस्तोअवस्थामा सरकारले आर्थिक गतिशिलतामा बृिद्ध गर्न स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नु आवश्यक छ र राज्यले यसलाई विशेष  प्राथमिकतामा राख्नु गर्ने एफएनसीसीआइको भनाई छ ।

स्वदेशमै लगानी आकर्षित गर्दै गर्दा स्वदेशी लगानीकालागि उचित वातावरण निर्माण गर्नु अर्काे आवश्यकता पनि हो । त्यसैले स्वदेशी लगानीका लागि मुलुकको आर्थिक विकासको इन्जिनका रुपमा रहको निजी क्षेत्रलाई काम गर्ने वातावरण सरकारले निर्माण गर्नुपर्ने एफएनसीसीआइको माग छ ।

पछिल्लो समय पूर्वको पाथीभरा क्षेत्रमा विकास भएको वातावरणले हाम्रो ध्यानाकर्षण भएको छ । देशका कैयौँ स्थानमा पर्यटन पूर्वाधारहरुको निर्माण गरी दशौँ हजार व्यक्तिलाई रोजगारी प्रदान गरिरहेको तथा राजस्वका माध्यमबाट मुलुककोअर्थतन्त्रमा ठूलोयोगदान पु¥याइरहेको निजी क्षेत्रको अगुवाईमा निर्माण हुन लागेको केबलकार आयोजनाका विरुद्धमा भईरहेका क्रियाकलापहरुले पक्कै पनि देशमा लगानीको वातावरण बनाउने अड्चन ल्याउँदैछ भन्ने एफएनसीसीआइको धारणा छ ।

राज्यको नियम कानून तथा प्रणालीले स्वीकृति तथा अनुमति प्रदान गरेर तथा स्थानीय नागरिकको भावना र चाहना बमोजिम नै निर्माणको काम सुरु गर्दैगर्दा उत्पन्न भएको बाह्य परिस्थितिले भोलिका दिनमा नेपालको आर्थिक विकासकालागि अत्यावश्यक स्वदेशी एवं विदेशी लगानीका क्षेत्रमा पक्कै पनि सकारात्मक सन्देश नदिने जनाइएको छ । अहिले पूर्वाधार निर्माण होस् या अन्य लगानीमा होस्, त्यहाँका स्थानीयको सहभागिताको मोडल अपनाउने नै गरिएको छ । त्यसले सबैभन्दा बढी त प्रत्यक्ष रुपमा त्यहीँका नागरिकलाई लाभ पु¥याउने स्पष्ट छ । यसले स्थानीय उत्पादनले उचित र सहज बजार पाउनेछ भने त्यहाँको परम्परा, संस्कृति र सभ्यता संसारको पहुँचमा पुग्ने गरी खुला हुनेछ ।

अर्कातर्फ रोजगारीको कुरा गर्ने हो भने पनि यस्ता आयोजना तथा पूर्वाधार क्षेत्रका नागरिक नै सबैभन्दा बढी लाभान्वित हुनेछन् र भैरहेका छन् पनि । अहिले यातायातको पहुँचको अभावमा विकट जस्तै रहेको पाथिभरा क्षेत्र भोलि केबलकार संचालनपश्चात महिनामै लाखभन्दा बढी धार्मिक पर्यटक पुग्दा त्यसबाट प्रत्यक्ष मात्रामा बढी फाइदा पुग्ने भनेकै स्थानीयलाई नै हो । यसले भोलिका दिनमा सिंगो कोशी प्रदेश लाभान्वित हुनेछ ।

यातायातको सुविधा पुग्दा नेपालका मात्र नभएर संसार कै कुनैपनि तीर्थस्थल एवं पर्यटकीयस्थलको परम्परा् या संस्कृति मासिनेया कसैलाई हानी पुग्ने भन्ने हुँदैन । अहिले नै सञ्चालनमा रहेको नेपालका तथा अन्यत्रका यस्तै सम्पदा क्षेत्रहरुमा रहेका केबलकारको अध्ययनले पनि यो स्पष्ट हुन्छ । त्यसैले अरु कुनै पनि बहानाबाट विकास निर्माणका कामहरु रोकिनु हुँदैन भन्ने एफएनसीसीआइको जोडदार माग छ ।

अरु जेसुकैमा आफ्ना सिद्धान्त तथा असहमतिहरु रहे तापनि विकास एवं अर्थतन्त्रको विकासका काममा सबै राजनीतिक दलसहित सबैको समान धारणा एवं ऐक्यबद्धता हुनुपर्दछ भन्ने हाम्रो विगतदेखि कै मान्यता हो र अहिले पनि हामी यसैमा विशेष जोड दिन्छौँ । स्थानीय स्तरमा कुनै समस्या देखिएको छ भने त्यसमा स्थानीय सरोकारवालाहरुसँग आवश्यक छलफल गरी वार्ताका माध्यमबाट समस्या समाधान गर्न सकिन्छ । त्यसैले पाथीभराको समस्या पनि वार्ताबाटै समाधान होस् भन्ने एफएनसीसीआइको धारणा छ ।

अर्थतन्त्रको संकटका कारण निराशामा रहेको मुलुकको समग्र निजी क्षेत्रले पनि आगामी दिनमा आफ्ना व्यापार व्यवसाय प्रवद्र्धन मार्फत् स्वदेशमै रोजगारी सिर्जना गरी आर्थिक समृद्धिमा योगदान दिन सक्ने गरी मनोबल उकास्ने कामकालागि राज्यको साथ, सहयोग र समर्थन छ भन्ने महसुस गर्ने वातावरण बनोस् भन्ने पनिएफएनसीसीआइको माग छ । अस्पष्टता रहेको विषयहरुमा छलफल र वार्ताको माध्यमबाट सोको निरुपण गरी आयोजना निर्माण कार्य तत्काल अघि बढ्ने वातावरण बनाउन संघीय, प्रदेश र स्थानीय सरकार र आन्दोलनरत पक्षसंघ नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेदको अपील छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार