पूजाको अर्धसतकमा नेदरल्याण्ड्सलाई १४६ रनको लक्ष्य

काठमाडौं । यू १९ की कप्तान पूजा महतोको अर्धसतकमा नेपालले नेदरल्याण्ड्सलाई १४६ रनको लक्ष्य दिएको छ । सात रन बनाउँदा दुई विकेट गुमेको अवस्थामा ब्याटिङ गर्न आएकी पूजाले अविजित रहँदै ६२ रन बनाइन् । ५१ बलको सामना गरेकी पूजाले आफ्नो पारीमा ५ चौका प्रहार गरिन् ।

त्रिकोणात्मक महिला टि ट्वान्टी आई सिरिज अन्तगर्त कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४५ रन बनाएको हो ।

पहिलो तीन ओभरभित्र दुवै ओपनर गुमाएको नेपालका लागि सम्मानजक स्कोरसम्म पुर्याउन कप्तान इन्दु वर्मा र पुजा महतोले ७८ रनको साझेदारी गरे ।

कप्तान इन्दु वर्माले ३९ रन बनाइन् । ३७ बलको सामना गरेकी इन्दुले आफ्नो पारीमा ५ चौका प्रहार गरिन् । सम्झना खड्काले ६ रन, ममता चौधरीले १ रन, रुविना क्षत्रीले २० र कविता जोशीले ७ रन बनाए ।

नेदरल्याण्ड्सको तर्फबाट आरिस विलिङले २ विकेट, क्यारोलिन डे लैङ र हेदर सिजर्सले समान १/१ विकेट लिए ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार