करिब ३ गुणले बढ्यो मिथिला लघुवित्तको नाफा

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको मुनाफा करिब तीन गुणाले बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा लघुवित्तको नाफा ३ करोड ७४ लाख ८० हजार रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १८१.२९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तले १ करोड ३३ लाख २४ हजार नाफा कमाएको थियो ।

लघुवित्तले कर्जा ब्याजदर सीमित रही स्प्रेड मुनाफा मार्जिन वृद्धि हुन गएकोले नाफा र आम्दानीमा वृद्धि भएको बताएको छ ।चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लघुवित्तको सञ्चालन मुनाफा ५ करोड २३ लाख ४१ हजार रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा लघुवित्तको सञ्चालन मुनाफा ४ करोड ११ लाख २५ हजारले बढी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमास अवधिमा लघुवित्तको सञ्चालन मुनाफा १ करोड १२ लाख १६ हजार रहेको थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा लघुवित्तको ब्याज आम्दानी ९ करोड ३२ लाख ३६ हजार रहेको छ भने गत आर्थिक वर्षको सोहि अवधिमा ५ करोड ५७ लाख ७८ हजार रहेको थियो । गत दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा लगानीमा रहिरहेको कर्जा ४ करोड ६३ लाखले वृद्धि भई २ अर्ब ८० करोड पुगेको छ ।

१९ करोड ६० लाख चुक्ता पुँजी रहेको लघुवित्तको प्रति शेयर आम्दानी ३८ रुपैयाँ २४ पैसा, प्रति शेयर नेटवर्थ १९९ रुपैयाँ ३८ पैसा र प्रति शेयर कुल सम्पत्तिको मूल्य १ हजार ५३६ रुपैयाँ ६३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५९.५५ र तरलता अनुपात ५.८६ प्रतिशत रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार