बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिल देव सुवेदी नियुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिल देव सुवेदी नियुक्त भएका छन् ।  कार्य सम्पादन मूल्याङक, जेष्ठता, शेक्षिक योग्यता र तालिम बापत  सबैभन्दा धेरै नम्बर प्राप्त गरेका  सुवेदीलाई  पदपुर्ति समितिले  प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त गरेको हो   ।

कार्यकारी निर्देशक बन्न सुवेदी संगै अन्य दुई निर्देशकहरु कमल रेग्मी र पुजन ढुङ्गेल पनि प्रतिस्पर्धामा थिए । राजु रमण पौडेलले अवकाश पाएपछी प्राधिकरणमा कार्यकारी निर्देशक पद रिक्त थियो । अहिले प्राधिकरणमा अध्यक्ष नियुक्तिको प्रक्रिया पनि अघि बढेको छ ।

सुवेदी लामो समयदेखी साबिकको बीमा समिति र हालका बीमा प्राधिकरणमा कार्यरत छन् । सुवेदीले किताब निकालेका छ्न, विभिन्न खोजमुलक लेखहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुबाट प्रकाशित गरिसकेका छन् । उनीसँग बीमा क्षेत्रमा २० वर्ष काम गरेको अनुभव छ । यस्तै, बीमा ऐन २०७९ का लागि महत्वपुर्ण योगदान दिएका छन् ।

 

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार