काठमाडौं । सुनको मूल्य उकालो लागेको छ । बिहीबार छापावाल सुन प्रति तोला १ हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ६८ हजार ५०० रुपैयाँमा करोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रति तोलाको मूल्य १ लाख ६६ हजार ९०० रुपैयाँ थियो । बुधबार सुन तोलामा २ हजार २०० रुपैयाँले बढेको थियो भने मंगलबार १ हजार ९०० रुपैयाँले बढेको थियो ।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी प्रति तोला १ हजार ९८० रुपैयाँमा करोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य १ हजार ९७५ रुपैयाँ थियो ।