काठमाडौं । नोक्सानीमा रहेको आशा लघुवित्त वित्तीय संस्था नाफामा गएको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा २ करोड ३६ लाख नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा ३ करोड २८ लाख नोक्सानी व्यहोरेको संस्था नाफा कमाउन सफल भएको हो ।
संस्थाको ब्याज आम्दानी र सञ्चालन आम्दानीमा समेत सुधार देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमास अवधिमा संस्थाको कुल ब्याज आम्दानी ३४ करोड १ लाख रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा शतप्रतिशतले कुल ब्याज आम्दानी बढेको देखिन्छ । गत आर्थिक वर्षको सोहि अवधिमा संस्थाको कुल ब्याज आम्दानी १४ करोड ३४ लाख रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा कुल सञ्चालन आम्दानी ४० करोड ८४ लाख रहेको छ भने गत आर्थिक वर्षको सोहि अवधिमा कुल सञ्चालन आम्दानी १८ करोड ९७ लाख रहेको थियो । संस्थाको चुक्ता पुँजी ७३ करोड ३० लाख रहेको छ ।
संस्थाको प्रति शेयर आम्दानी ६ रुपैयाँ ४५ पैसा, प्रति शेयर नेटवर्थ १४७ रुपैयाँ ९५ पैसा, प्रति शेयर कुल सम्पत्तिको मूल्य १ हजार ४४१ रुपैयाँ २२ पैसा, मूल्य आम्दानी अनुपात १२४ः७४ गुण र तरतला अनुपात ६.१२ प्रतिशत रहेको छ ।