लगातार ३ दिन घट्यो शेयर बजार, कारोबार भने करिब ३ अर्बले बढ्यो

काठमाडौं । शेयर बजार निरन्तर तीन दिन घटेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ४.४५ अंकले घटेको शेयर बजार बिहीबार भने दोहोरो अंकले घटेको हो ।

बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ११.६४ अंकले घटेर २६९९.८१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.५५ अंकले घटेर ४५४.४९ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.७९ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.५५ अंकले घटेको हो ।

बिहीबार ३१५ वटा कम्पनीको १ करोड ८६ लाख ८० हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ९ अर्ब २४ करोड ७३ लाख ७५ हजार पुगेको छ । जुन बुधबारको तुलनामा कारोबार रकम २ अर्ब ८९ करोड ३६ लाखले बढी हो । बुधबार ३०९ वटा कम्पनीको १ करोड ९१ लाख ८१ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ८ अर्ब ९५ करोड ८० लाख ७ हजार पुगेको थियो ।

बिहीबार ७४ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १६० वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ९ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

बिहीबार १ वटा समूह परिसूचक बढ्दा बाँकी १२ वटा घटेको छ । वित्त ४२ अंकले बढ्दा बैंकिङ ५, विकास बैंक ९०, होटल र पर्यटन २५, जलविद्युत १५, लगानी ०.४२, जीवन बीमा २२, उत्पादन र प्रशोधन २९, लघुवित्त ३१, म्युुअचल फण्ड ०.११, निर्जीवन बीमा ६०, व्यापार ५ र अन्य समूह २३ अंकले घटेको हो ।

बिहीबार सर्वाधिक कारोबार हुने कम्पनीहरुमा साहास उर्जा लिमिटेड, नेपाल रिइन्स्योरेन्स कम्पनी, वरुण हाइड्रोपावर कम्पनी, सानिमा माई हाइड्रोपावर र युनाइटेड मोदी हाइड्रोपावर कम्पनी रह्यो । साहास उर्जा लिमिटेडको ३१ करोड ३५ लाख, नेपाल रिइन्स्योरेन्स कम्पनीको २२ करोड २७ लाख, वरुण हाइड्रोपावर कम्पनीको १८ करोड ६९ लाख, सानिमा माई हाइड्रोपावरको १६ करोड २० लाख र युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको १६ करोड १९ लाख बराबर करोबार भयो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार