काठमाडौं । सरकारले बजेटको आकार घटाएकाे छ । अर्थमन्त्री विष्णु पौडेलले बजेटको अर्धवार्षिक समीक्षा गर्दै बिहीबार बजेटको आकार १ खर्ब ६८ कराेड रूपैयाले घटाएका हुन् ।
गत जेठ १५ गते चालु आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रूपैयाँकाे बजेट ल्याईएकाे थियाे ।
सरकारले अहिले बजेटलाई १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाख रूपैयाँमा झारेकाे छ । यो सुरु बजेट अनुमानको ९०.१९ प्रतिशत हो ।