काठमाडौं । मुलुकमा सञ्चालनमा रहेका ५२ वटा लघुवित्त वित्तीय संस्थाहरु मध्ये २९ वटा लघुवित्त वित्तीय संस्थाको नाफा पौने २ अर्ब पुगेको छ । अपरिष्कृत वित्तीय विवरण अनुरुप २९ वटा लघुवित्त वित्तीय संस्थाहरुको नाफा १ अर्ब ७० करोड १८ लाख रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा लघुवित्तहरुको नाफा २९.४७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्त (आशा, एनएमबी, अभियान, उपकार र स्वस्तिक बाहेक) हरुको नाफा १ अर्ब ३१ करोड ४४ लाख रहेको थियो ।
संस्थाहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुरुप चालु आर्थिक वर्षको दोस्रो त्रमासको अवधमिा सबैभन्दा बढी नाफा कमाउनेमा साना किसान विकास, जीवन विकास, ग्रामिण विकास, ग्रामिण विकास, ग्लोबल आइएमइ, स्वाबलम्बन, फ्रस्र्ट माइक्रोफाइनान्स, आरएसडीसी लगायतका लघुवित्तहरु रहेका छन् ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा साना किसानले ५१ करोड ७७ लाख, जीवन विकासले २० करोड ५४ लाख, ग्रामिणले १८ करोड १८ लाख, ग्लोबल आइएमईले ११ करोड ८३ लाख, स्वाबलम्बनले ८ करोड ७ लाख, फस्र्ट माइक्रोफाइनान्सले ५ करोड २३ लाख, आरएसडीसीले ४ करोड ४१ लाख र आरम्भ चौत्तारी लघुवित्तले ३ करोड २६ लाख नाफा कमाएको छ । साथै विजयले ७ करोड ४ लाख, मेरोमाइक्रोले ७ करोड ९५ लाख, सिवाइसी नेपालले ४ करोड ३१ लाख, कालिकाले ४ करोड २१ लाख , मिथिलाले ३ करोड ७४ लाख, आशाले २ करोड ३६ लाख, युनिकले २ करोड ७४ लाख, एनएमबीले १ करोड १८ लाख, उपकारले १ करोड ६८ लाख, लक्ष्मी १ करोड ७५ लाख , स्वस्तिकले ४२ लाख, अभियानले ३७ लाख र समाजले १२ हजार नाफा कमाएको छ । साथै चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा हिमालयनले २ करोड ६० लाख, सपोर्टले १ करोड ५५ लाख, गुराँसले १ करोड ५४ लाख, गणपतिले १ करोड २३ लाख ,आत्मनिर्भरले ८४ लाख ३१ हजार, उन्नति सहकार्यले ६३ लाख ८३ हजार, धौलागिरीले २० लाख ८१ हजार र एनआइसी एशियाले ४२ लाख १४ हजार नाफा कमाएका छन् ।
गत आर्थिक वर्षको सोहि अवधिमा साना किसानले ४४ करोड २४ लाख, जीवन विकासले १७ करोड ७७ लाख, ग्रामीणले १७ करोड २ लाख, ग्लोबल आइएमईले ४ करोड ७८ लाख, स्वाबलम्बनले ४ करोड १५ लाख, फस्र्ट माइक्रोफाइनान्सले ८ करोड ४९ लाख, आरएसडीसीले ६ करोड ९३ लाख र आरम्भले १ करोड २४ लाख नाफा कमाएको थियो । साथै विजयले ४ करोड ३४ लाख, मेरोमाइक्रोले ६ करोड ४३ लाख, ,सीवाईसीले २ करोड १० लाख, कालिकाले १ करोड ७९ लाख, मिथिलाले १ करोड ३३ लाख, युनिकले ३ करोड ३२ लाख, लक्ष्मीले २ करोड १५ लाख र समाजले ५१ लाख नाफा कमाएको थियो । साथै गत आर्थिक वर्षको सोहि अवधिमा हिमालयले ५२ लाख ५८ हजार, सपोर्टले ८६ लाख ४२ हजार, गुराँसले ७७ लाख २८ हजार , गणपतिले १ करोड ७ लाख, आत्मनिर्भरले १ करोड १८ लाख, उन्नति सहकार्यले २४ लाख ९३ हजार र एनआइसी एशियाले ११ लाख ६ हजार नाफा कमाएको थियो ।
समीक्षा अवधिमा नाफा कमाउन नसक्ने अर्थात् नोक्सानीमा जाने लघुवित्त वित्तीय संस्थाहरु समेत रहेका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा सामुदायिकले १ करोड ८ लाख र इन्फीनिटीले ९ करोड ४६ लाख नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा सामुदायिकले ३ करोड ९९ लाख व्यहोर्दा इन्फिनिटीले भने १ करोड ४९ लाख, आशाले ३ करोड २८ लाख , एनएमबीले ६ करोड ७५ लाख, अभियानले ६ करोड २४ लाख , उपकारले १ करोड ७५ लाख र स्वस्तिक ५९ लाख नोक्सानी व्यहोरेको थियो ।