CLI

स्पेशल प्रि ओपन सेसनमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको पहिलो कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेृञ्ज (नेप्से)को स्पेशल प्रि ओपन सेसनमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको पहिलो कारोबार भएको छ । आइतबार स्पेशल प्रि ओपन सेसनमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको पहिलो कारोबार भएको हो ।

नेप्से सिम्बोल जीएमएलआई रहेको कम्पनीको पहिलो शेयर कारोबार प्रतिकित्ता ३०१ रुपैयाँमा भएको हो।

नेप्सेले पहिलो कारोबारका लागि कम्पनीलाई १००.३४ रुपैयाँदेखि ३०१.२ रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको थियो।
सोही रेञ्जका आधारमा यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीको शेयर कारोबार भएको हो।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरु (वैदेशिक रोजगारीमा रहेका नेपाल, सामूहिक लगानी कोष र कर्मचारी समेत) लाई निष्काशन गरी बाँडफाँट गरेको २२ लाख ५० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५२ लाख ५० हजार कित्ता शेयर गरी कुल ७५ लाख कित्ता शेयर गत बिहीबार (माघ २४ गते) नेप्सेमा सूचीकृत भएको थियो।

 

Leave Your Comment

Related News