काठमाडौं । मंगलबार देखि घटेको शेयर बजार साताको पहिलो दिन आइताबार पनि घटेको छ ।
बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ११.६४ अंकले घटेको शेयर बजार आइतबार पनि दोहोरो अंकले घटेको हो ।
आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ११.४९ अंकले घटेर २६८८.३१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २.२५ अंकले घटेर ४५२.२१ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.८३ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.७० अंकले घटेको हो ।
आइतबार ३०५ वटा कम्पनीको १ करोड ५८ लाख ५५ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार पुगेको छ । जुन बिहीबारको तुलनामा ८४ करोड ८७ लाख १५ हजारले कम हो ।
बिहीबार ३१५ वटा कम्पनीको १ करोड ८६ लाख ८० हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ९ अर्ब २४ करोड ७३ लाख ७५ हजार पुगेको थियो ।
साथै आइतबार बजार पुँजीकरण रकम ४४ खर्ब ६० अर्ब ३१ करोड ८७ लाख रह्यो ।
आइतबार ७० वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १६७ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ६ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
आइतबार ४ वटा समूह परिसूचक बढ्दा बाँकी ९ वटा घटेको छ । वित्त २२, उत्पादन र प्रशोधन ११, लघुवित्त १३ र व्यापार ११ अंकले बढ्दा बैंकिङ ५, विकास बैंक ७८, होटल र पर्यटन १६, जलविद्युत १९, लगानी ०.४१, जीवन बीमा १००, म्युुअचल फण्ड ०.०७, निर्जीवन बीमा ७६ र अन्य समूह २८ अंकले घटेको हो ।
आइतबार सर्वाधिक कारोबार हुने कम्पनीहरुमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट , सीइीडीबी होल्डङिस लिमिटेड, सेन्ट्रल फाइनान्स, नेपाल रिइन्स्योरेन्स कम्पनी र सप्तकोशी डेभलपमेन्ट बैंक रह्यो । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३१ करोड १६ लाख , सीइीडीबी होल्डङिस लिमिटेडको ३० करोड ६२ लाख, सेन्ट्रल फाइनान्सको २० करोड ७ लाख, नेपाल रिइन्स्योरेन्स कम्पनीको १५ करोड ८० लाख र सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड ९०लाख बराबर करोबार भयो ।