प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा ३ प्रतिशतले बढ्यो

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षएको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै आफनो नाफामा ३ प्रतिशतको वृद्धिदर कायम गरेको छ । कम्पनीले गत आवको दोस्रो त्रैमासमा १७ करोड ६४ लाख नाफा कमाएकोमा चालु आवको सोहि अवधिमा नाफा बढेर १८ करोड २५ लाख पुगेको छ ।

चालू आवमा कम्पनीको आम्दानी र खुद बीमाशुल्कमा वृद्धि भएकाले नाफा बढ्न पुगेको हो ।
गत आवको दोस्रो त्रैमासमा २ अर्ब ९७ करोड आम्दानी रहेको कम्पनीको चालु आवमा २ अर्ब ६० करोड आम्दानी पुगेको छ । गत आवको दोस्रो त्रैमासमा बीमाशुल्क आम्दानी १ अर्ब ९९ करोड रहेकोमा चालु आवमा बढेर २ अर्ब २६ करोड पुगेको छ । नाफामा वृद्धिदर देखिए पनि प्रतिशेयर आम्दानीमा भने सुधार देखिएको छैन । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म प्रति शेयर आम्दानी ७ रुपैयाँ ७३ पैसा रहेको छ भने गत आवको सोहि अवधमिा प्रति शेयर आम्दानी ८ रुपैयाँ २१ पैसा रहेको थियो ।
चुक्ता पुँजी ४ अर्ब ७२ करोड रहेको कम्पनीको रिर्टन अर्निङ कोषमा ६८ करोड ९८ लाख र महाविपत्ती कोषमा ९ करोड ९७ लाख रहेको छ । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीको प्रति शेयर नेटवर्थ ११९ रुपैयाँ ६४ पैसा, पीई अनुपात ७१ रुपैयाँ ६९ पैसा र प्रति शेयर कुल सम्पत्तिको मूल्य ३८५ रुपैयाँ ४४ पैसा रहेका छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार