प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १ लाख कित्ता भन्दा बढी संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले २ जना संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ५ हजार ४ सय ७ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक शेयरधनी शंकरप्रसाद कालिकोटाको नाममा रहेको १२ हजार ७८ कित्ता र सुयोग श्रेष्ठको नाममा रहेको ९३ लाख ३ सय २९ कित्ता शेयर बिक्रीमा राखेका हुन् ।
उक्त शेयर खरिदको लागि संस्थापक शेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा आवेदन दिनुपर्ने छ ।

साथै, तोकिएको समयमा संस्थापक शेयरधनीहरुले आवेदन नदिएको खण्डमा कम्पनीले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री खुल्ला गर्नेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार