काठमाडौं । एसके इनर्जी डेभलपमेन्ट लिमिटेडले साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि सय रुपैयाँ अंक मूल्यको २० लाख ८० हजार कित्ता आईपीओ जारी गर्ने भएको हो । यसका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । एसके इनर्जी डेभलपमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष वीर बहादुर राई र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
एसके इनर्जी डेभलपमेन्ट लिमिटेडले भोजपुरको षडानन्द नगरपालिका भएर बग्ने श्याम खोलाको पानीको बहाव सदुपयोग गरी ७.२ मेगावट क्षमताको श्याम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।