हाईलाईफको ”ट्रान्सफर्म विथ हाईलाईफ” अभियानः स्वस्थ जीवनशैलीको लागि रोमाञ्चक चुनौतीहरू र उपहारहरू!

काठमाडौं । नेपालकै अग्रणी एफएमसिजी ब्रान्ड हाइलाइफ फुड्सले नयाँ वर्ष २०२५ देखि स्वस्थ जीवनशैली सुरु गर्ने अठोट र संकल्प लिएका सबैलाई प्रोत्साहित गर्दै”ट्रान्सफर्म विथ हाईलाईफ” नामक रोमाञ्चक अभियान लिएर आएको हो ।
यस अभियानमा सहभागीहरूलाई आफ्ना नयाँ वर्ष २०२५ का संकल्पहरूलाई निरन्तरता दिन मात्र होइन, आकर्षक उपहारहरू तथा हाइलाइफका स्वास्थ्यकर सामग्रीहरू जित्ने अवसर समेत प्रदान गरिनेछ। स्वस्थ जीवनशैली र पौष्टिक आहारलाई प्रोत्साहन गर्दै हाईलाईफले द्विसाप्ताहिक (Bi-Weekly) चुनौतीहरू प्रस्तुत गर्नेछ, जसमा फिटनेस, सन्तुलित आहार तथा पौष्टिक जीवनशैलीसँग सम्बन्धित विभिन्न गतिविधिहरू समावेश रहनेछन्। Push Up Challenge, Healthy Breakfast Challenge जस्ता अन्य चुनौतीहरुको साथमा हाइलाइफले उपहारहरु पनि ल्याउने गरेको छ।

चुनौतीहरु पुरा गर्दै, Video बनाएर आफ्नो Facebook वा Instagram मा #Transformwithhilife, #Sayhitohealthylife जस्ता Hashtag राखेर हाइलाइफको “Transform with Hilife” अभियानमा भाग लिन सकिन्छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार