काठमाडौं । शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा प्रयोजनार्थ माघ ३० गते बुक क्लोज गर्ने निर्णय गरेकोले आजसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
कम्पनीले फागुन १३ गते साधारणसभा तोकेको छ । सभामा
आ.व. २०८०६/८१ को संचालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने,आ.व.२०८०/८१ को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरणहरु माथि छलफल पारित गर्ने, आ.व. २०८१/०८२ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक तोक्ने बारे छलफल गरि पारित गर्ने छ । भने संचालक समितिवाट प्रस्ताव गरिएको कम्पनीको हाल कायम चुक्ता पुँजी रु. २,६५४,९४७,३०० मा ०.५२६३ प्रतिशतका दरले नगद लाभांस रु १३,९७३,४०७ (अक्षरेपी रु. एक करोड उनान्चालिस लाख त्रिहत्तर हजार चार सय सात मात्र ) पारित गर्ने , साथै कम्पनीको रजिष्टर्ड कार्यालय रहने ठेगाना परिवर्तन गर्ने प्रसताव रहेको छ ।
कम्पनीको साधारणसभामा विशेष प्रस्तावको रुपमा
सञ्चालक समितिबाट प्रस्ताव गरिएको कम्पनीको हाल कायम चुक्ता पुँजी रु.२,६५४,९४७,३०० मा १० प्रतिशतका दरले २६५,४९४,७३० (अक्षरेपी छब्बीस करोड चौवन्न लाख चौरानब्बे हजार सात सय तीस मात्र) को बोनस शेयर पारित गर्ने र कम्पनीबाट गरिएको चन्दा तथा सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरु अनुमोदन गर्ने प्रस्ताव रहेको छ । यसका अलवा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य सम्पन्न गर्न संचालक समितिलाई आवश्यक सम्पूर्ण अधिकार प्रत्यायोजन गर्ने, संसोधित प्रवन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सो अनुसार फेरबदल गर्न संचालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव माथि छलफल गरि पारित गर्ने छ ।