सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौं । मंगलबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य घटेको छ । मंगलबार सुन प्रतितोला ६०० ले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ७० हजार २०० तोकिएको छ । सोमबार छापावाल सुन प्रति तोल १ लाख ६९ हजार ६०० मा कारोबार भएको थियो ।आइतबार भने छापावाल सुन प्रति तोला १ लाख ६८ हजार २०० मा कारोबार भएको थियो ।

मंगलबार चाँदी प्रतितोला ४५ ले घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला १ हजार ९४५ तोकिएको छ ।

सोमबार महासंघका अनुसार चाँदी प्रति तोला १ हजार ९७५ कारोबार भएको थियो ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार