विशाल बजारले १४ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडले आफना शेयरधनीहरुलाई १४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । लाभांश वितरण प्रयाजनका लागि फागुन ९ गते बुकक्लोज मिति तय गरेको छ । यो सँगै फागुन ८ गते सम्म कायम शेयरधनीहरुले मात्र लांभाश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले आफनो ३४ औं वार्षिक साधारण सभामार्फत् लाभांश पारित गर्नेछ । कम्पनीले ३४ औं वाािर्षक साधारण सभा फागुन २८ गते त्रिभुवन आर्मी अफिसर क्लब, सुन्धारमा गर्ने भएको छ । साधारण सभामा नगद लाभांश पारित सँगै आर्थिकि विवरण तथा लेखा परिक्षकको प्रतिवेदन छलफल गरी पारित गर्ने तायरी रहेको छ । साथै लेखा परिक्षक नियुक्त गर्ने र पारिश्रमिक अनुमोदन गर्ने तयारी समेत गरिएको छ ।

साथै विशेष प्रस्तवामा कम्पनी रजिष्ट्रार कार्यालयमा अभिलेखिकरण गरिएको कम्पनीको शयर पुँजी ४ अर्ब १ करोड अनुमोदन गर्ने तयारी गरिएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार