१ वर्षमा १७ अर्बले बढ्यो बैंक तथा वित्तीय संस्थाको गैर बैंकिङ सम्पत्ति, पौने ३५ अर्ब मात्रै वाणिज्य बैंकको

काठमाडौं । अर्थतन्त्र चलयमान नहुदाँ बैंक तथा वित्तीय संस्थालाई गैर बैंकिङ सम्पत्ति टाउको दुखाईको विषय बनेको छ । अझै घरजग्गामा लगानी गरेका बैंक तथा वित्तीय संस्था पछिल्लो समय समस्या परेका छन् । बैंक तथा वित्तीय संस्थाले गैर बैंकिङ सम्पत्ति सर्कान नसक्दा समस्या भएको बैंकरहरु बताउछन् ।

यसैबीच नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको गैरबैकिङ सम्पत्तिमा अत्याधिक बढेको बताएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुससम्म बैंक तथा वित्तीय संस्थाहरुको गैर बैंकिङ सम्पत्ति ४० अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ७१.८८ अर्थात् १७ अर्ब ४ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको गैरबैंकिङ सम्पत्ति २३ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले घरजग्गामा प्रवाह गरेको कर्जा उठ्न नसक्दा ती संस्थाहरुमा गैरबैंकिङ सम्पत्ति बढ्न पुगेको विज्ञहरु बताउछन् । विज्ञहरुका अनुसार सरकार तथा राष्ट्र बैंकलाई घरजग्गा अनुत्पादक क्षेत्र रहेको र लगानी गर्न सुझाव दिदाँ अटेर गरेको परिणामा स्वरुप गैरबैंकिङ सम्पत्ति हरेक बैंक तथा वित्तीय संस्थाहरुमा थुप्रिन पुगेको हो ।

समीक्षा अवधिमा सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति आर्जन गर्नेमा वाणिज्य र्बैंक, विकास बैंक र वित्त कम्पनी रहेका छन्, यसो हुनमा भने उनीहरुको चुक्ता पूँजीको आकारले गर्दा पनि हो । चालु आर्थिक वर्षको पुससम्म वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति ३४ अर्ब ८६ करोड ६० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनमा गैरबैंकिङ सम्पत्ति १४ अर्ब ९८ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति १९ अर्ब ८७ करोड ७० रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको पुससम्म विकास बैंकको गैरबैंकिङ सम्पत्ति ३ अर्ब ६० करोड २० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १ अर्ब ८ करोड ५० लाख रुपैयाँले गैरबैंकिङ सम्पत्ति बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकको गैरबैंकिङ सम्पत्ति २ अर्ब ५१ करोड ७० लाख रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको पुससम्म वित्त कम्पनीहरुको गैरबैंकिङ सम्पत्ति २ अर्ब २८ करोड ८० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा गैरबैंकिङ सम्पत्ति ९७ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको मंसिरसम्मको अवधिमा वित्त कम्पनीहरुको गैरबैंकिङ सम्पत्ति १ अर्ब ३१ करोड ८० लाख रुपैयाँ रहेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरूले नउठेको कर्जाको धितो लिलामी बिक्री नभएमा आफैंले सकार्नु पर्ने वाध्यताका कारण गैरबैकिङ सम्पत्ति बढेको हो । सकारेपछि यस्तो सम्पत्ति सकेसम्म चाँडै बिक्री गर्नुपर्ने नियम रहेको छ भने त्यसो गर्न नसकेको अवस्था अहिलेका बैंक तथा वित्तीय संस्थामाथि रहेको छ । अर्कोतर्फ गैर–बैंकिङ सम्पत्ति सकार गरेकै समयबाट बैंकहरूले यसको जोखिमबाट बच्न शत प्रतिशत बराबर रकम प्रावधानमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।

वाणिज्य बैंकहरुमा सबैभन्दा बढी गैर बैंकिङ सम्पत्ति ग्लोबल आइएमइ बैंकको हुदाँ सबैभन्दा कम भने एभरेष्ट बैंकको रहेको छ । समिक्षा अवधिमा ग्लोबल आइएमई बैंकको ५ अर्ब ५६ करोड गैर बैंकिङ सम्पत्ति हुदाँ एभरेष्ट बैंकको ५ करोड २० लाख रहेको छ ।

१.नेपाल बैंक लिमिटेड २० करोड ४१ लाख
२.राष्ट्रिय वाणिज्य बैंक २९ करोड ७६ लाख
३.नबिल बैंक ३ अर्ब ४१ करोड
४. नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ३ अर्ब ८ करोड
५.स्टान्र्डड चार्टर बैंक ….
६.हिमालयन बैंक ४ अर्ब २५ करोड
७.नेपाल एसबीआई बैंक ३५ करोड ३९ लाख
८.एभरेष्ट बैंक ५ करोड २० लाख
९.एनआइसी एशिया बैंक ४ अर्ब ७ करोड
१०.माछापुच्छ« बैंक १ अर्ब ७ करोड
११.कुमारी बैंक २ अर्ब ६६ करोड
१२.लक्ष्मी बैंक १ अर्ब ५८ करोड
१३.सिद्र्धाथ बैंक ७० करोड ३८ लाख
१४.कृषि विकास बैंक १ अर्ब १ करोड
१५.ग्लोबल बैंक ५ अर्ब ५६ करोड
१६.सिटिजन्स बैंक ९६ करोड ८ लाख
१७.प्राइम कर्मसियल बैंक २ अर्ब २ करोड
१८. एनएमबी बैंक १ अर्ब १२ करोड
१९.प्रभु बैंक १ अर्ब २१ करोड
२०.सानिमा बैंक ७३ करोड ११ लाख

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार