काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०८०/८१को मुनाफाबाट लगानीकर्ताको लागि लांभास घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको २०८१ माघ २९ गते बसेको सञ्चालक समितिको वैठकले लाभांस घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्तापुँजीको २१.०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो ।
घोषित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट लाभांस स्वीकृत अनुमति पाएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।