काठमाडौं । मर्क्योर काठमाडौं होटलले भ्यालेन्टाइन डे विशेष योजना सार्वजनिक गरेको छ । प्रेमिल जोडीका लागि रोमान्स र भव्यताका साथ भ्यालेन्टाइन डे मनाउने अवसर प्रदान गर्न मर्क्योर काठमाडौं सुकेधारा हाइट्समा विभिन्न योजना अघि सारेको हो ।
एकोरद्वारा व्यवस्थित मर्क्योर काठमाडौँ क्युरेट गरिएका डाइनिंग अनुभव र विशेष रोमान्टिक स्टे प्याकेजहरू सहितको असाधारण उत्सवमा रमाउन सबै जोडीहरूलाई हार्दिक आमन्त्रण पनि गरेको छ । काठमाडौँ उपत्यका र नजिकका हिमालहरूको मनमोहक दृश्यहरूको बीचमा अवस्थित मर्क्योर काठमाडौँले अविस्मरणीय भ्यालेन्टाइन डे मनाउन एक मनमोहक सेटिंग प्रदान गर्दछ। क्यान्डल लाइट डिनर, रुफटपको घनिष्ठ अनुभव अथवा लक्जरियस ओभरनाइट रिट्रीट, हरेक अनुभवका साथ यस होटलले यहाँहरूको प्रेम फैलिने उत्तम वातावरण प्रस्तुत गर्दछ।
भ्यालेन्टाइन डाइन अनुभवहरू
डाइन – “अ भ्यालेन्टाइन्स सेलिब्रेसन, डेलिसियस्ली योर्स”
दिनभरि चल्ने रेस्टुरेन्ट डाइनमा एक भव्य बुफे डिनरको मज्जा लिन सकिन्छ । जहाँ रातो र सुनौलो रङको आकर्षक सजावट, मैनबत्तीको झिलिमिली र सुन्दर फूलहरूको संयोजनले रोमान्टिक वातावरण सिर्जना गर्नेछ। पाहुनाहरूले लाइभ म्युजिकको आनन्द लिँदै स्पार्कलिंग वाइन, हाउस ककटेल वा मकटेलसँग स्वादिष्ट परिकारहरूको पनि आनन्द लिन सक्ने होटलले जनाएको छ । यसको मूल्य प्रति जोडी ७ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
शुक्र बार – “सेलिब्रेट लभ अबोभ द सिटि लाइट्स”
एक मनमोहक रुफटप डाइन अनुभवको लागि शुक्र बारले ९० मिनेटका लागि असीमित पास(अराउन्ड स्न्याक्स र अनलिमिटेड अल्कोहलिक बेभेरेजहरूको साथमा एक घनिष्ठ सेटिंग प्रस्तुत गर्नेछ। लाइभ म्युजिकले वातावरणलाई मन्त्रमुग्ध बनाई अति रोमान्टिक वातावरणको सिर्जना गर्नेछ।
यसका लागि प्रति जोडी १२ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
भ्यालेन्टाइनका स्टे प्याकेजहरू
रोमान्टिक भ्यालेन्टाइन रुम प्याकेज
आफ्नो प्रियजनलाई उत्कृष्ट भोजन अनुभवसँगै थप रोमान्टिक ओभरनाइट स्टे पनि दिनुहोस्। यस विशेष उत्सवमा आराम र लक्जरीको उत्तम समिश्रणको आनन्द लिनुहोस्। यसको मूल्य प्रति जोडी १७ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
नाइट टू रिमेम्बर-द अल्टिमेट रोमान्टिक एस्केप
लक्जरियस रिट्रीट खोज्नेहरूका लागि यो प्याकेजमा ब्रेकफास्टको मज्जाका साथमा रोमान्टिक नाइट स्टे पनि समावेश हुनेछ जसले जोडीहरूलाई अविस्मरणीय अनुभव प्रदान गर्नेछ। यसको मूल्य प्रति जोडी २२ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
मर्क्योर काठमाडौँ सुकेधारा हाइट्स यस भ्यालेन्टाइन डेमा सबै जोडीहरूलाई असाधारण र रमाइलो अनुभवका लागि काठमाडौँको मुटुमा अवस्थित विशेष रोमान्टिक गेटअवेमा आमन्त्रण गरेको होटलको विज्ञप्तिमा उल्लेख छ ।
‘सोफिस्टीकेटेड अकोमोडेसन्स, उत्कृष्ट डाइन र मनमोहक सेटिंग्सको साथमा यहाँहरूको प्रत्येक क्षण प्रेम र अविस्मरणीय सम्झनाहरूले भरिने वाचा पनि गर्दछ। आजै आफ्नो भ्यालेन्टाइन अनुभव बुक गर्नुहोस् र मर्क्योर काठमाडौँ सुकेधारा हाइट्समा आफ्नो विशेष व्यक्तिसँग जीवनभर सम्झिने क्षणहरू सिर्जना गर्नुहोस्,’ विज्ञप्तिमा भनिएको छ ।
बुकिङ र सोधपुछको लागि ९७७ ९७०७०९३१२६ मा सम्पर्क गर्न होटलले अनुरोध गरेको छ ।