काठमाडौं । हिमालयन एभरेष्ट इन्स्यारेन्सले झण्डै २२ करोड बराबरको नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको मंगलबार बसेको बैठकले आफनो शेयरधनीहरुलाई चुक्ता पुँजीको ८.७५ प्रतिशतका दरले २१ करोड ८७ लाख ६३ हजार ७७३ रुपैयाँ नगद लाभांश वितरण गर्ने जनाएको हो ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रहेको छ । प्रस्तावित लाभांश नियमनकारी निकया नेपाल बीमा प्राधिकरणबाट स्वीकृत लिए पछि र कम्पनीको ३१ औं वार्षिक साधारण सभाबाट पारित पश्चात वितरण गरिने बताइएको छ ।