नेको इन्स्यारेन्सको नाफा २९ प्रतिशतले घट्यो

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा नाफा २९ प्रतिशतले घटेको छ ।अपरिष्कृत विवरण अनुरुप चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले १५ करोड ६० लाख नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा २९ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २२ करोड १२ लाख नाफा आर्जन गरेको थियो।

नाफा घटे पनि खुद बमिाशुल्क र कुल बीमाशुल्क आर्जन बढेको छ ।२ अर्ब १ करोड  शेयर पूँजी भएको कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको रिटेन्ड अर्निङमा ६३ करोड ६५ लाख रुपैयाँ र अन्य इक्विटीमा ५३ करोड ५२ लाख रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ५६ करोड ७८ लाख थियो भने अन्य इक्विटीमा ४९ करोड ९४ लाख थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ति कोषमा १४ करोड ७१ लाख रहेको छ। स्पेसल रिर्जभमा २ अर्ब १७ करोड रहेको छ ।

दोस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब २० करोड १५ लाख  कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ९ करोड ४१ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ९ दशलमव ८१ प्रतिशतले बढेको हो ।

यस अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ५१ करोड ४८ लाख खर्चिएको छ । गत आर्थिक वर्षो सोही अवधिमा कम्पनीले ४७ करोड ८१ लाख खर्चिएको थियो ।कम्पनीले समीक्षा अवधिसम्म ६८ करोड ६६ लाख  खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ६१ करोड ६० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ११ दशलमव ४५ प्रतिशतले बढेको हो ।

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ५१ पैसा , प्रतिशेयर नेटवर्थ २८१ रुपैयाँ ९५ पैसा र पीई रेसियो ५८.८१ गुणा रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार