‘भ्यालेन्टाइन डे मा एनसेलको अफर फ्ल्यास सेल’ अफर, न्यूम्यू सनग्लास जित्ने मौका

काठमाडौं । एनसेलले भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको अवसरमा, न्यूम्यूसँगको सहकार्यमा ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर ल्याएको छ । यो  योजनामा एनसेलका  ग्राहकहरूले डेटा प्याक किन्दा बोनस डाटा प्राप्त गर्नेछन भने  २५ जना भाग्यशाली ग्राहकहरूले न्यूम्यूको सनग्लास जित्ने मौका पाउनेछन् ।

यो फ्ल्यास सेल एनसेल एपमा मात्र उपलब्ध एनसेलले जनाएको छ  । यो योजना  अफरअन्तर्गत, भ्यालेन्टाइन डेका दिन एनसेल एपमा फ्ल्यास सेलमा रहेका डेटा प्याकहरू खरिद गर्ने प्रत्येक ग्राहकले प्याकअनुसार १ जीबीदेखि ३० जीबीसम्मको बोनस डेटा र ५० मिनेट अन–नेट टक टाइम प्राप्त गर्नेछन् । साथै, फ्ल्यास सेल प्याक खरिद गर्ने सबै ग्राहकहरूले मार्च ८ सम्म न्यूम्यू उत्पादनहरूमा २० प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ  ।

एनसेलका अनुसार यो अफरको उपयोग गर्न ग्राहकहरूले आफ्नो मोबाइलमा एनसेल एप राखेको हुनुपर्नेछ । यदि एनसेल एप नभएमा, ग्राहकले एप स्टोरबाट डाउनलोड गर्न सक्कनेछन्  । एप डाउनलोड गरेपछि, एनसेल नम्बर प्रयोग गरी लगइन वा साइन अप गर्न पर्दछ ।

अफरको दिन, अर्थात् फेब्रुअरी १४ मा ग्राहकहरूले एनसेल एपको फ्ल्यास सेलमा गई त्यहाँ रहेका आठ प्याकहरू मध्ये आफ्नो डेटा आवश्यकताअनुसार कुनै पनि प्याक खरिद गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ  । सुचीमा १ दिन समयावधि रहेको रु. ५० को अनलिमिटेड डेटा देखि ३० दिन समयसीमा रहेको रु. १,४९९ सम्मको प्याकहरु रहेका छन् ।

डेटा प्याकमा ग्राहकले १ दिनको अनलिमिटेड डेटा प्याकमा बोनसको रूपमा ५० मिनेट अन–नेट टक टाइम प्राप्त गर्न सक्छन्, भने रु. १५० को ७ जीबी पाइने डबल मज्जा प्याकमा थप २ जीबी बोनस डेटा पाइन्छ । त्यस्तै, रु. ५९९ पर्ने २८ दिनको समयवधि भएको ४२ जीबीको होम एन्ड अवे प्याकमा ग्राहकहरूले थप ५ जीबी बोनस पाउने कम्पनीले उल्लेख गरेको छ  ।

फ्ल्यास सेलअन्तर्गत,  ग्राहकले  ५९९ देखि  १४९९ सम्मका सधैं अन प्याकमा ग्राहकहरूले ५ जीबीदेखि ३० जीबीसम्मको बोनस डेटा प्राप्त गर्न सक्छन् ।

भ्यालेन्टाइन डे फ्ल्यास सेल अफरले ग्राहकहरूलाई अझ सुलभ शुल्कमा डेटा कनेक्टिभिटीको फाइदा दिने र आफूले माया गर्ने व्यक्तिका साथै आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहीरहन महत्वपूर्ण भुमिका खेल्ने एनसेलले जनाएको छ  ।

कम्पनीले भ्यालेन्टाइन डे विशेष अफरका साथै , ग्राहकहरूले प्रत्येक शनिबार एनसेल एपको फ्ल्यास सेल सेक्सनमा गएर त्यहाँ उपलब्ध हुने प्याकहरू लिई र बोनस डेटा तथा टक टाइमका फाइदा लिन सक्ने कम्पनीले उल्लेख गरेको छ ।

यस्यो छ कम्पनीले सार्वजनिक गरेका डेटा प्याक

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार