बढ्याे सुनकाे मूल्य

काठमाडौं ।आज शुक्रबार पनि सुनको मूल्य बढेको छ । बिहीबार प्रतितोला १ लाख ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७० हजार हजार २ सय रुपैयाँ पुगेको हो ।

आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ४५ हजार ९ सय २० रुपैयाँ तोकिएको छ।

आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ७० रुपैयाँ तय भएको छ । आज १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ८९ रुपैयाँ तोकिएको छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार