साताको शेयर बजार :१२ अर्बले घट्यो कारोबार रकम

काठमाडौं । पछिल्ला दिनहरुमा शेयर बजार ओरोलो लाग्ने क्रमले निरन्तरता पाएको छ । यो साता दुई दिन बढेको शेयर बजार बाँकी दिन भने आरोलो लागेको हो । बजार आरोलो लागे सँगै शेयर बजारका अधिकांश सूचकहरु नकारात्मक देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उपलब्ध गराएका तथ्यांक अनुरुप गत साताको तुलनामा यो साता १२ अर्ब ७१ करोड २४ लाखले कारोबार रकममा कमी आएको छ । गत साता ५१ अर्ब ९५ करोड ६८ लाख रहेको कारोबार रकम यो साता ३९ अर्ब २४ करोड ४३ लाखमा सीमित हुन पुगेको छ ।

कारोबार रकम मात्र नभई बजार पुँजीकरण रकम समेत घटेको छ । गत साताको तुलनामा यो साता बजार पुँजीकरण रकम ३२ अर्ब ९३ करोडले बजार पुँजीकरण रकममा कमी आएको छ । गत साता ४४ खर्ब ७९ अर्ब ३९ करोड बजार पुँजीकरण रकम रहेकोमा यो साता ४४ खर्ब ४६ अर्ब ४६ करोड रहेको छ ।
कारोबार रकम, बजार पुँजीकरण रकम सँगै कारोबार कित्ता शेयरको संख्यामा पनि गिरावट आएको छ । गत साताको तुलनामा यो साता कारोबार कित्ता शेयर २ करोड ७७ लाख ३४ हजारले कमी आएको हो । गत साता १० करोड ३३ लाख ९८ हजार शेयर कित्ता कारोबार हुदाँ यो साता सो संख्या ७ करोड ५६ लाख ६३ हजारमा सीमित भएको थियो ।
नेप्सेले उपलब्ध गराएको तथ्यांक अनुरुप नेप्से परिसूचक पनि २७०० भन्दा मूनि रहेको छ । यो साता नेप्से परिसूचक २६७८.४७ विन्दुमा पुगेर बन्द भएको छ । जुन गत साताको तुलनामा यो साता नेप्से परिसूचक ०.७९ अंकले ओरोलो लागेको हो । गत साता नेप्से परिसूचक २६९९.८१ विन्दुमा पुगेर बन्द भएको थियो । यो साता सेन्सेटिभ इन्डेक्स भने ४४९.८८ विन्दुमा पुगेर बन्द भएको छ । जुन गत साताको तुलनामा १.०१ अंकले कम हो । गत साता सेन्सेटिभ इन्डेक्स ४५४.४७ विन्दुमा पुगेर बन्द भएको थियो ।

नेप्सका अनुसार समीक्षा अवधिमा समूहगत परिसूचक पनि घटबढ भएको छ ।गत साताको तुलनामा यो साता विकास बैंक ६६, वित्त ७४, जलविद्युत १, उत्पादन र प्रशोधन ०.३ अंकले बढेको छ । साथै गत साताको तुलनामा यो साता बैकिङ १४, होटल र पर्यटन १४१, होटल र पर्यटन २६, जीवन बीमा १५०, उत्पादन र प्रशोधन १९२, म्युअुचल फण्ड ०.०४, निर्जीवन बीमा २५२, व्यपाार ७० र अन्य समूह ३५ अंकले घटेको हो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार