CLI

भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

काठमाडौं । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनका क्रममा उडाउन राखिएको बेलुन पड्केर उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन्।

उद्घाटनका क्रममा उडाउन लागिएको बेलुन पड्केपछि मेयर आचार्यको गालामा सामान्य चोट लागेको छ।

उनलाई उपचारको लागि यहाँको फिस्टेल अस्पताल लगिएको छ।

सोही बेलुन पड्किँदा अर्थमन्त्री विष्णु पौडेल भागेर मञ्चतर्फ पुगेका थिए । अर्थमन्त्री पौडेल पनि सामान्य घाइते भएका छन् ।

उनको गण्डकी अस्पतालमा प्रारम्भिक उपचार गरिएको छ । उनी आजै काठमाडौं आउनु हुने कार्यक्रम छ ।

Leave Your Comment

Related News