बलेफी हाईड्रोपावर को शेयर लिलाम बढाबढमा बिक्रिमा

काठमाडौं । बलेफी हाईड्रोपावर लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ ।

कम्पनीले हकप्रद शेयर निष्काशनको लागि आवेदन माग गरिएकोमा संस्थापक समूह / सर्वसाधारण समूहतर्फको लकईनमा रहेको / सर्वसाधारण समूह तर्फको लकईनमा नरहेको समेत गरी १, ७५८, ६५६ कित्ता शेयरको लागि आवेदन परेको थिएन । आबेदन नपरेको शेयर प्रचलित कानून तथा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन नं. १५ समेतको प्रावधानलाई आधार मानी उक्त शेयरहरू बोलकबोल बढाबढ गरी बिक्री गर्ने निर्णय गरेको को ले खरीद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले २०८१ साल फागुन १४ गते बैकिङ्ग समयभित्र एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौं, एनआइएमबि एस क्यापिटल लिमिटेड, शाखा कार्यालय, चिप्लेढुङ्गा, पोखरा । एनआइएमबि एस क्यापिटल लिमिटेड, शाखा कार्यालय, ट्राफिकचोक, बुटवल , एनआइएमबि एस क्यापिटल लिमिटेड, शाखा कार्यालय, आदर्शनगर, वीरगंज र एनआइएमबि एस क्यापिटल लिमिटेड, शाखा कार्यालय, गोल्छाचोक, विराटनगर मा आबेदन दिनु पर्ने छ

सो शेयर खरिद गर्न चाहने संस्थापक समूह / सर्वसाधारण खरिदकर्ताले गोप्य शिलबन्दी बोलपत्र २०८१ बफागुन ५ देखी १८ गते सम्म पेश गर्नु पर्नेछ ।

शेयर खरिदको लागि परेका गोप्य शिलबन्दी बोलपत्रहरु सवै संकलन केन्द्रहरुबाट बिक्री प्रवन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको  कार्यालयमा संकलन भए पश्चात् बोलपत्र खोलिने मिति समय र स्थान तय गरिने बिक्रि प्रबन्धकले जनाएको छ ।

कम्पनीको शेयर मिति २०८१ चैत २९ सम्म लकईनमा रहने जनाइएको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार