काठमाडौं । दोर्दाी खोला जलविद्युत कम्पनीले लिमिटेडले आफना शेयरधनीहरुलाई हकप्रद शेयर निष्काशनका लागि बुकक्लोज (शेयर दाखिल खारेज बन्द) मिति तय गरेको छ । कम्पनीले आफना शेयरधनीहरुलाई हकप्रदेश शेयर लिनकालागि फागुन १५ गते बुकक्लोज गरिनेछ । बुकक्लोज मिति तय गरे सँगै फागुन १४ गतेसँग कायम शेयरधनीहरु मात्र हकप्रद शेयर प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले १ः१ अनुपातमा अर्थात् १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको दशरले प्रति कित्ता १०० रुपैयाँका दरबका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड , विद्युत नियमन आयोग लगायतका निकायहरुबाट कम्पनीले अनुमति समेत लिइ सकेको छ ।