हिमालयन एभरेष्ट इन्स्योरेन्सले बोलायो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले ३१औँ वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले फागुन २७ गतेका लागि सभा बोलाएको हो।

सभा बिहान ११ बजे अनमोल ब्याङ्केट, शंखमुल, काठमाडौँमा हुनेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुकक्लोज गर्ने भएको छ। फागुन १३ गतेसम्म कायम शेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्। साधारण सभाका लागि ३१औं वार्षिक साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने कम्पनीको आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, ईक्यूटीमा भएको परिवर्तन र तत्सम्बन्धी अनुसूचीहरु पारित गर्ने प्रस्ताव  गरेको छ ।

साथै संचालक समितिको सिफारिस बमोजिम चुक्ता पूँजी २ अर्ब ५० करोड १ लाखको ८.७५ प्रतिशतका दरले २१ करोड ८७ लाख रुपैयाँलाभांसमा लाग्ने कर समेतको लागि नगद लाभांस प्रस्ताव पारित गर्ने । आर्थिक वर्ष २०८१/२०८२ को लागि लेखापरीक्षको नियुक्ती र निजको पारिश्रमिक लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम अनुमोदन गर्ने र विविध प्रस्ताव  गरेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार