अमेरिकाले नेपाल आउने ५ अर्ब सहयोग रोक्यो

काठमाडौं । अमेरिकी सरकारले नेपालको संघीयता र जैविक विविधता संरक्षणका लागि छुट्याइएको झण्डै ३ करोड ९० लाख अमेरिकी डलर अर्थात ५ अर्ब ५३ करोड रुपैयाँ भन्दा बढीको सहयोग रोकेको छ। अर्बपति एलन मस्कले नेतृत्व गरिरहेको अमेरिकाको सरकारी दक्षता विभाग (डिओजीइ) ले एक्समा पोस्ट गर्दै यसबारे जानकारी दिएको हो। डिओजीइका अनुसार २ करोड डलर संघीयता र १ करोड ९० लाख डलर जैविक विविधता संरक्षणका लागि छुट्याइएको थियो।

अमेरिकाको यो कदमले नेपालमा संघीयता र जैविक विविधता संरक्षणका क्षेत्रमा भइरहेका प्रगतिहरूमा प्रत्यक्ष असर पार्ने देखिन्छ। यसबाट स्थानीय र प्रादेशिक सरकारहरूको आर्थिक स्रोतमा कमी आउने निश्चित देखिएको छ । अमेरिकी सहयोग रोकिएपछि नेपालको स्वास्थ्य र शिक्षा क्षेत्र सबैभन्दा धेरै प्रभावित हुने देखिन्छ । सरकारले अब आफ्नै स्रोतबाट यी परियोजनाहरूलाई निरन्तरता दिनुपर्ने हुन्छ, जुन चुनौतीपूर्ण रहेको छ ।

यस कटौतीको निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको एक कार्यकारी आदेशको भागको रूपमा आएको हो, जसमा स्टेट डिपार्टमेन्ट र यूएसएआईडीमार्फत वितरित सबै अमेरिकी सहयोगको पुनरावलोकन गर्न भनिएको थियो। यस निर्णयले नेपाल सरकार र यूएसएआईडीको साझेदारीमा सञ्चालित विभिन्न परियोजनाहरू प्रभावित हुने देखिन्छ । नेपालको स्वास्थ्य, शिक्षा, वातावरण लगायतका क्षेत्रमा अमेरिकी सहयोग रहेको पाइन्छ । भूकम्प र कोभिडको समयमा पनि अमेरिकी सहयोग नेपालमा आएको थियो ।

यूएसएआईडीमार्फत वितरित सबै अमेरिकी सहयोगको पुनरावलोकन गर्न निर्णयबाट नेपाल मात्र नभई भारत, बंगलादेश, कम्बोडिया लगायतका मुलुकमा समेतमा असर पर्ने देखिन्छ ।

 

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार