वाणिज्य बैंकहरुले वितरण गरे ४८ खर्ब बढी कर्जा लगानी

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा वाणिज्य बैंकहरुमा कर्जा प्रवाह साढे ४८ खर्ब रुपैयाँ पुगेको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार माघ मसान्तसम्म वाणिज्य बैंकहरुले ४८ खर्ब २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

गत आर्थिक वर्ष २०८०/८१ असारमसान्तसम्म बैंकहरुसँग ४५ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो । ७ महिनाको अवधिमा बैंकहरुको कर्जा प्रवाह २ खर्ब ५६ रुपैयाँ अर्थात ५.६२ प्रतिशतले बढेको छ ।

बजार चलयामान हुन खोजे सँगै कर्जा प्रवाह पनि बढेको हो । सात महिनामा ३ बैंकको कर्जा प्रवाह घट्दा बाँकी १७ बैंकको कर्जा प्रवाह बढेको देखिन्छ । एनआईसी एशिया बैंक, प्रभु बैंक र स्टान्र्डड चार्टर बैंकको कर्जा प्रवाह घट्दा बाँकी बैंकहरुको कर्जा प्रवाह बढेको हो ।

समीक्षा अवधिमा २० वटा वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै कर्जा प्रवाह गर्नेमा ग्लोबल आइएमई बैंक, एनएमबी बैंक, नबिल , लक्ष्मी सनराईज बैंक रहेको छ । माघ मसान्तसम्म ग्लोबल आइएमईले ४ खर्ब ३१ अर्ब, एनएमबीले २ खर्ब ३२ अर्ब, नबिलले ४ खर्ब ११ अर्ब र लक्ष्मी सनराईजले २ खर्ब ८१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यसपछि क्रमशः नेपाल इन्भेष्टमेन्ट मेगाले ३ खर्ब ५१ अर्ब रुपैयाँ,राष्ट्रिय वाणिज्य बैंकले २ खर्ब ८५ अर्ब रुपैयाँ, नेपाल बैंकले २ खर्ब २४ अर्ब कर्जा प्रवाह गरेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार