CLI

पाथीभरा क्षेत्रमा केवलकार निर्माणमा समर्थन गर्नेलाई मोसो

धरान । पाथीभरा क्षेत्रमा केवलकार निर्माणको समर्थन गरेको भन्दै किराँत याक्थुङ चुम्लुङका उपाध्यक्ष तथा नागरिक उन्मुक्ति पार्टीका नेता पदम चेन्जी माबोलाई सार्वजनिक रूपमा मोसो दलेको छ।

‘नो केबलकार समूह’ नामक विरोधी समूहले धरान-९ स्थित पुतली लाइनमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनलाई मोसो दलेका हुन्। उक्त पत्रकार सम्मेलन याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिले हालै सम्पन्न महाधिवेशनबारे जानकारी दिनका लागि आयोजना गरेको थियो।

विरोधी समूहले माबोले केवलकार निर्माणको विरोध गर्नेहरूलाई सामाजिक सञ्जालमा लान्छना लगाउँदै विभिन्न टिप्पणी गरेको आरोप लगाएका छन्। यही कारण उनीहरूद्वारा सार्वजनिक रूपमा उनलाई कालोमोसो दलिएको जनाइएको छ।

Leave Your Comment

Related News