स्पष्टताका लागि MaxBass One : अब इसेवामा !

काठमाडौं । नेपाली अडियो ब्राण्ड MaxBass ले आफ्नो पहिलो उत्पादन, MaxBass One Wireless Earbuds बजारमा ल्याएको छ । “Listen Like Never Before” भन्ने हाम्रो नाराका साथ सुरुभएको उक्त ब्राण्डद्वारा उत्पादित MaxBass One Wireless Earbuds मा एकदमै राम्रो आवाज सुनिन्छ साथै किफायती पनि छ । अझ यसको नयाँ फिचरहरूले सर्वसाधरणको ध्यान आर्कषण गरेका छ ।

MaxBass One Wireless Earbuds मा बाहिरको आवाजलाई कम गर्न 40dB सम्मको Active Noise Cancelling , त्यसै गरि चारवटा माइक्रोफोनका साथ AI Call Noise Cancelling एकदमै स्पष्ट आवाजको लागि 13mm Dynamic Driver जस्ता अद्धभुत फिचर रहेको छ । यो इयरबड् एकपल्ट चार्ज गरेपछि ६–८ घण्टासम्म मज्जाले चलाउन सकिन्छ, र पावर डिस्प्ले समेत भएको चार्जिङ केसले ४८ घण्टासम्म ब्याट्री ब्याकअप दिन्छ । यति मात्र नभई यस इयरबड्लाई पानीले पनि नबिग्रीने गरि (IP54 water-resistant) डिजाइन गरिएको छ । यसमा भएको ट्रान्सपरेन्सी मोड फिचरले बाहिरको आवाज पनि सुनिन्छ ।

यो MaxBass One Wireless Earbuds गेम खेल्ने र संगित प्रेमीलाई अत्यन्त राम्रो प्रोडक्ट साबित भएकोछ । साथै यसमा भएको टच कन्ट्रोलको साहयताले भोल्युम बढाउने तथा फोन उठाउन जस्ता कार्यलाई सजिलो बनाएको छ । यसको बजारको मूल्य ३ हजार ५०० रुपैयाँ हो, तर अहिले विशेष अफरमा ग्राहकवर्गले १ हजार ९९९ रुपैयाँमा नै खरिद गर्न सक्नेछन् । उक्त प्रोडक्टमा ६ महिनाको वारेन्टी, चार्जिङ केबल, इयर टिप्स र म्यानुअल पनि उपलब्ध रहेकोछ ।

संगित होस् वा गेम, मिटिङ होस् वा आफ्नो प्रिय मान्छेसँगको कुराकानी MaxBass One Wireless Earbuds को साथ अब हरेक कुराकानी हुन्छ अझ स्पष्ट र सुमधुर ।

अब यो सुमधुरताको अनुभव लिन नेपालमा डिजिटल भुक्तानीको सुरुवात गरेको इसेवाबाट सुपथ मुल्यमाMaxBass One Wireless Earbuds  खरीद गर्न  सकिन्छ भने दराजमा समेत विशेष अफरको साथ उपलब्ध छन् । साथै वेबसाइटबाट पनि खरिद गर्न सकिन्छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार