बीमा प्राधिकरणको अध्यक्षको लागि पाँच जनाको नाम सर्ट लिष्टमा

काठमाडौं । नेपाल बीमा प्रधिकरणको सञ्चालक समितिको अध्यक्षको लागि नेपाल सरकार समक्ष नाम सिफारिस समितिले   १२ जना आबेदक  मध्येबाट पाँच जनाको नाम संक्षिप्त सूची प्रकाशित गरेको छ ।

सिफारिस समितिले सर्ट लिष्टमा अध्यक्षका लागि सिफारिसमा कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला र रामशरण पुडाशैनी र शरद ओझा  परेका छन्  ।

बिमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई अख्तियार दुरुपयोग अुनसन्धान आयोगले नागरिकता सम्बन्धी कसुरमा मुद्दा दायर गरेपछि प्राधिकरणमा अध्यक्ष पद रिक्त छ । उनको कार्यकाल करिब १ महिना बाँकी थियो ।

सरकारले पुस २६ गते अध्यक्षका लागि १५ दिनको समय दिएर अध्यक्षका लागि आवेदन खुलाएको थियो । नेपाल बीमा प्रधिकरणको सञ्चालक समितिको अध्यक्षको लागि नेपाल सरकार समक्ष नाम सिफारिस समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीको संयोजकत्वमा अर्थ सचिव डा रामप्रसाद घिमिरे र ज्योतिचन्द्र ओझा सदस्य रहेका छन् ।

सर्ट लिष्टमा परेका ५ जना मध्येबाट अन्तर्बार्ता र कार्य योजना सहितको प्रस्तुती पश्चात तीन जनाको नाम सिफारिस समितिले अध्यक्षको लागि  अर्थ मन्त्रालय मार्फत मन्त्रिपरिषदमा पठाउने छ । मन्त्रिपरिषदको बैठकले सिफारिस  ३ मध्ये १ जनालाई आगामी ४ वर्षका लागि बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्षमा चयन गर्ने छ ।

सर्ट लिष्टमा परेका रेग्मी बिमा प्राधिकरणका निर्देशक हुन् भने चापागाईं साविकको बिमा समितिका अध्यक्ष भइसकेका व्यक्ति हुन् । क्लिकमान्डु डटकममा  विषेश संवाददाता एवं वरिष्ठ प्रबन्धक रहेका शरद ओजा प्राध्यापन पेसामा पनि संलग्न छन् । अधिवक्तासमेत रहेका उनीसँग पोलिसी कन्सल्टिङको काम गरेको अनुभव छ । त्यस्तै पुडासैनी नेपाल सरकारका पूर्वसचिव हुन् । कृषि विकास बैंकका अध्यक्ष पुडासैनी अर्थ मन्त्रालयमा राजस्व सचिव तथा संस्थान समन्वयन महाशाखामा काम गरिसकेको छन् भने नेपाल बिमा प्राधिकरण ऐनको मस्यौदा बनाउने क्रममा उनी मन्त्रालयमै थिए ।

दामोदर बसौला स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको कार्यकाल पुरा गरेर बाहिरिएका ब्यक्ति हुन् ।

सर्ट लिष्टमा परेका उमेद्वारको अन्तवार्ता र कार्ययोजना प्रस्तूतिकरण फागुन १० गते अर्थ मन्त्रालयमा तोलिएको छ ।

बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि आवेदन माग, के चाहिन्छ ? योग्यता

बीमा प्राधिकरणको अध्यक्ष बन्न १२ जनाको आवेदन, यस्तो छ उनीहरुको ब्याकग्राउण्ड

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार