ओम मेगाश्री फर्मासुटिकल्स लिमिटेडको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । ओम मेगाश्री फर्मासुटिकल्स लिमिटेडले पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आइपिओमा वैदेशिक रोजगारमा रहेका नागरिकले आबेदन दिन आज अन्तिम दिन रहेको छ ।  ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ८० हजार कित्ता शेयर निष्काशन गरेको हो । । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरिएको आईपीओ बाँडफाँड भएपछि कम्पनीले आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने छ। नेपाल धितोपत्र बोर्डले माघ ३ गते कम्पनीलाई आईपीओ निष्काशन गर्ने अनुमति दिएको थियो ।

यो ओम मेगाश्री औषधि उत्पादन गर्ने कम्पनी हो ।  यस कम्पनीमा गैरआवासीय नेपाली समेतको लगानी छ। झण्डै सवा अर्ब लगानीमा सुरु भएको ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको उत्पादन कारखाना चितवनको जुगेडीमा रहेको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार