संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक  दिउँसो १ बजे संसद भवन नयाबानेश्वर मा बस्दैछ ।  आजको  प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री के. पी. शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को छैटौं वार्षिक प्रतिवेदन (आ.व. २०७९-८०) र सातौँ वार्षिक प्रतिवेदन (आ.व. २०८०/८१) पेश गर्ने , सभामुख देवराज घिमिरेले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रश्तावलाई निर्णयार्थ प्रश्तुत गर्ने, गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

आजको वैठकमा  प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफल गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्ने, भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्ने, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रम संगठनको अन्तर्राष्ट्रिय श्रम सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरु (महासन्धि, प्रोटोकल र सिफारिस) सम्बन्धी प्रतिवेदन पेश गर्नुहुने कार्यसूचि रहेको छ  संसद सचिवालय कार्यव्यवस्था परामर्श समितिले जनाएको छ ।

आजको वैठकको कार्यसूचीमा सरकारले केही समय अघि जारी गरेका अध्यादेशको बिषय समावेश गरिएको छैन । जारी अध्यादेश सरकारले संसद चलेको ६० दिन भित्र संसदबाट पारित गरिसक्नुपर्ने कानूनी व्यबस्था रहेको छ ।

सरकारले जारि गरेका अध्यादेशमा भुमी सम्वन्धि अध्यादेशमा व्यापक बोरोध भएको छ  राष्ट्रपतिले अध्यादेश स्वीकृत गर्ने क्रममा भिमि सम्वन्धि अध्यादेश केही दिन समय लिएर जारी गरेका थिए ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार