अर्थमन्त्री पौडेललाई डिस्चार्ज गरिने, मेयर आचार्यको उपचारमा निरन्तरता

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल डिस्चार्ज हुने भएका छन्। उनको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नपरेका कारण सोमबार नै डिस्चार्ज गर्ने निर्णय अस्पतालले गरेको हो।

पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन विष्फोटमा परी घाइते भएका उपप्रधानमन्त्री पौडेलका साथै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य किर्तिपुर बर्न अस्पतालमा दुई दिनदेखि उपचाररत छन्।

मेयर आचार्यको पनि स्वास्थ्य अवस्था सामान्य हुँदै गएको अस्पतालले जनाएको छ। उनको पनि जलनबाट फोक्सोमा कुनै खराबी नदेखिएको प्रस्ट पारिएको छ। अस्पतालले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘मेयर धनराज आचार्यज्यूको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेकोले केही दिन थप उपचार हुने जानकारी गराइन्छ।’

संक्रमणको जोखिम कम गर्न हाललाई मेयर आचार्यसँगको भेटघाट भने बन्द गरिएको अस्पतालले जनाएको छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार