काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा पदमा ११ जनाले आबेदन दिएका छन् ।
डा दामोदर बसौलाको कार्यकाल सकिएपछि रिक्त रहेको स्वास्थ्य बीमा बोर्ड कार्यकारी निर्देशक नियुक्तिको लागि सिफारिस समितिले माघ २४ गते सूचना जारी गर्दै बोर्डको कार्यकारी निर्देशकको लागि आवेदन मान गरेको थियो ।
मागिएको आबेदनमा आबेदन दिने अन्तिम दिन फागुन ४ गते तोकिएकोमा सो दिन सम्ममा ११ जना योग्यता पुगेका इच्छुक उमेद्वारले आबेदन पेश गरेका छन् ।
बोर्डको कार्यकारी निर्देशकमा आबेदन दिने आबेदकमा दिनेहरुमा गंगाप्रसाद जोशी, डा शक्ति बस्नेत, रामप्रताव यादव, डा सागरकुमार राजभण्डारी र रामप्रसाद पौडेल,शम्भुप्रसाद ज्ञवाली, कमल पन्थी, डा कृष्णप्रसाद अधिकारी, डा प्रमोदकुमार यादव, होमनाथ न्यौपाने र डा रघुराज काफ्ले रहेका छन् ।
समितिले दरखास्त दिएका ११ मध्येबाट ५ जनाको नाम सर्टलिस्ट गरी कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको लागि बोलाउने छ ।
सिफारिस समितिले सर्ट लिष्टमा परेका ५ मध्ये प्रस्तुतीकरण र अन्तबार्ताको आधारमा उत्कृष्ट ३ जनाको नाम मन्त्रीपरिषद्मा सिफारिस गर्नेछ। मन्त्रिपरिषद बैठकले ३ मध्ये एकजनालाई बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्नेछ।